सुर्खेत १ मा नेपाली काँग्रेस र २ मा एमालेको अग्रता

डिसी नेपाल
२२ फागुन २०८२ १२:३०
332
Shares

सुर्खेत। सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेस र क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेद्वारले सुरुवाती अग्रता लिएका छन्।

सुर्खेत १ मा दुई हजार मत गणना हुँदा नेपाली काँग्रेसका बिष्णुबहादुर खड्काले दुईसहित ५१ मतान्तरले अग्रता लिएका छन्।

नेपाली काँग्रेसका खड्काले सात सय ९६ मत ल्याएका छन्। रास्वपाका टेकबहादुर सिंहले पाँच सय ४५ मत ल्याएर पछ्याइरहेका छन्। नेकपा एमालेका ध्रुव कुमा शाहीले चार सय २७ र नेकपाका जितबहादुर रानाले ७७ मत प्राप्त गरेका छन्।

यता सुर्खेत क्षेत्र नम्बर २ नेकपा एमालेका उम्मेदवार कुलमणी देवकोटाले सुरुवाती अग्रता लिएका छन् । देवकोटाले ३१५ मत पाएका छन्।

यस्तै, नेपाली कांग्रेसका नारायण कोइरालाले २१७, नेपाली कम्युनिस्ट पार्टीका झकबहादुर मल्लले १०६ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटाले १२७ मत प्राप्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *