काठमाडौं–८ मा स्थानीयको प्रतिक्रिया : जनताले स्पष्ट परिवर्तन खोजेका छन्
काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ८ का मतदाताले परिवर्तनको अपेक्षा गरेको देखिएको छ। निर्वाचन क्षेत्रमा राजनीतिक दलका प्रतिनिधि र समर्थकहरूले पनि यसलाई औँल्याएका छन्।
काठमाडौं क्षेत्र नम्बर ८ का राजनीतिक दलका प्रतिनिधि तथा समर्थकहरु रोशन महर्जनले भने, ‘अहिले भएको निर्वाचनमा राम्रो मत परिणाम आइरहेको छ। जनताले परिवर्तन खोजेका छन्। नेपालमा सुशासनका लागि विभिन्न वेथितीहरूको समाधान आवश्यक छ।’ त्यसैगरी, महेन्द्र महर्जनले भने, ‘जनताले परिवर्तन चाहेको स्पष्ट देखिन्छ।’
२ः३० बजे सम्मको ताजा अपडेट अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठ १४,३६४ मतसहित अग्रस्थानमा रहेका छन्।
मतगणना अझै जारी छ र अन्तिम नतिजा आउन बाँकी रहेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment