कांग्रेसका मोहन आचार्य विजयी

डिसी नेपाल
२२ फागुन २०८२ २२:२०
8.3k
Shares

रसुवा । नेपाली कांग्रेस रसुवाका उम्मेदवार मोहन आचार्य निर्वाचित भएका छन्।

आचार्य १० हजार ६सय ५६ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार वसन्त भट्टले ५ हजार ५ सय ७१ मत मात्र ल्याउन सके।

एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा २५ हजार १ सय ३६ जनाले मतदान गरेका थिए।

यससँगै कांग्रेसले तीन स्थानमा जित हासिल गरेको छ। यसअघि मुस्ताङमा कांग्रेसमा योगश गौचन थकाली र मनाङमा टेकबहादुर गुरुङ विजयी भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.