प्रतिस्पर्धीलाई तेब्बर बढी मतले पराजित गर्दै काठमाडौं ५ मा रास्वपाका सस्मित पोखरेल विजयी

डिसी नेपाल
२३ फागुन २०८२ ४:२०
92
Shares

काठमाडौं। काठमाडौं क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सस्मित पोखरेल निर्वाचित भएका छन्। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले ३० हजार सात सय ३७ मत प्राप्त गरी विजयी भएका हुन्।

नवनिर्वाचित सांसद पोखरेलका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप पौडेलले नौ हजार एक सय ५९ मत प्राप्त गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनमा नेकपा(एमाले)का ईश्वर पोखरेलले चार हजार सात सय एक मत प्राप्त गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापाले एक हजार सात सय २९, उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङले एक हजार एक सय, श्रम संस्कृति पार्टीका अमित थापाले सात सय ११ मत प्राप्त गरेका छन्। सो निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कूल २५ उम्मेदवार प्रतिस्पर्धामा थिए।

नवनिर्वाचित सांसद पोखरेलले मतदाताले देखाएको विश्वासले आफूहरु अत्यन्तै कृतज्ञ भएको उल्लेख गर्दै यो परिणाम कुनै व्यक्तिगत विजय नभई यस क्षेत्रका नागरिकप्रतिको ठूलो जिम्मेवारी भएको बताए।

“आजबाट हाम्रो कर्तव्य अझ ठूलो भएको छ। वास्तविक विजय आज होइन। आगामी पाँच वर्षमा जनताको विश्वास जोगाएर, इमानदारीका साथ काम गरेर, परिवर्तनको परिणाम देखाउन सकेपछि मात्र हाम्रो विजय पूर्ण हुनेछ ” उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.