प्रतिनिधिसभा निर्वाचन मत गणना जारी : एक सय दुई स्थानमा रास्वपा अगाडि
काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मत गणनाअनुसार १०२ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ।
निर्वाचन आयोगका अनुसार १६० निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ।
प्राप्त मतपरिणाम अनुसार, आज विहान ५.५० बजेसम्म नेपाली कांग्रेस १०, नेकपा (एमाले) १२ र नेपाली कम्युनिष्ट पार्टी ११ स्थानमा अगाडि छन्। त्यस्तै श्रम संस्कृति पार्टीका ३ र राष्ट्रिय प्रजातन्त्र पार्टी एक तथा एक जना स्वतन्त्र उम्मेदवार एक स्थानमा अगाडि छन्।
आयोगकाअनुसार हालसम्म २० स्थानको नतिजा घोषणा गरिएकामा रास्वपा १५, नेपाली कांग्रेस ३, एमाले १ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारले एक स्थानमा विजयी हाँसिल गरेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment