इलाम-२ एमालेका सुहाङ नेम्वाङको अगाडि

डिसी नेपाल
२३ फागुन २०८२ ७:४१
2.9k
Shares

इलाम। इलाम क्षेत्र नं २ मा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्।
मतपरिणामअनुसार चुलाचुली गाउँपालिका, माई नगरपालिका र फाकफोकथुम गाउँपालिकाको २४ हजार ७०४ मतगणना सकिँदा नेम्वाङले आठ हजार २८० मत प्राप्त गरी अग्र स्थानमा छन्।

नेम्वाङलाई श्रम संस्कृति पार्टीका सुदीप राईले छ हजार ४४४ मत प्राप्त गरी पछ्याइरहेकाे मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिए। नेम्वाङ र राईबीच एक हजार ८३६ मतान्तर छ।

त्यस्तै नेपाली कांग्रेसका भेषराज आचार्यले चार हजार ३४६ मत प्राप्त गरी तेस्रो स्थानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राई दुई हजार २२४ मतका साथ चौथो स्थानमा छन्।

अहिले माङसेबुङ गाउँपालिकाको मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत गजुरेलले जानकारी दिए। त्यसपछि देउमाई र इलाम नगपालिकाको मतगणना गरिनेछ। मतगणना इलाम नगरपालिका-७ स्थित गौतमबुद्ध सभागृह (सिटी हल) मा भइरहेको छ।

सो निर्वाचन क्षेत्रमा कूल एक लाख १९ हजार ४८९ मतदाता भएकामा ६६ हजार ९३४ अर्थात् ५६ प्रतिशत मत खसेको थियो। सो निर्वाचन क्षेत्रमा विभिन्न १३ राजनीतिक दल र एक स्वतन्त्रसमेत गरी जम्मा १४ जना प्रत्यासी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.