संविधान कार्यान्वयनमा केन्द्रित हुन सबै राजनीतिक दललाई नेता नेम्वाङको आग्रह
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका उपनेता सुवाष नेम्वाङले संविधान कार्यान्वयनमा केन्द्रित हुन सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।
उपनेता नेम्वाङले मधेशवादी दलहरुको समेत क्रियाशीलतामा बनेको संविधानमाथि असन्तुष्टि जनाउनुको कुनै तुक नरहेको पनि स्पष्ट पारे।
उनले संविधानमा मधेशवादी दलहरुको असन्तुष्टि भए संबोधन गरेर अघि बढन सकिने बताए। तर त्यो काम संविधान बमोजिम हुने उपनेता नेम्वाङको भनाई छ ।
संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान निर्माणमा सबैको योगदान रहेकाले त्यसको कार्यान्वयनमा पनि सबै दलहरुको सहयोग हुनुपर्ने पनि बताए।
उपनेता नेम्वाङले संविधानमा कुनै कुरा सुधार गर्न परे त्यसमा खुलेर बहस गर्न सकिने पनि बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment