नुवाकोट १ मा डा. प्रकाश शरण महतलाई झिनो अग्रता

डिसी नेपाल
२३ फागुन २०८२ १५:१५
7.7k
Shares

नुवाकोट। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत नुवाकोट क्षेत्र नम्बर १ मा जारी मतगणनाअनुसार पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ।

सार्वजनिक पछिल्लो नतिजाअनुसार डा.प्रकाश शरण महत (रुख चिन्ह) ले ७६८० मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी विक्रम तिमल्सिना (घण्टी चिन्ह) ले ७०६३ मत प्राप्त गरेका छन्। उनी महतभन्दा ६ सय भन्दा बढी मतले पछाडि रहेका छन्, जसले प्रतिस्पर्धा निकै रोचक बनेको देखिन्छ।

त्यसैगरी हित बहादुर तामाङ (तारा चिन्ह) ले ५२७८ मत प्राप्त गरेका छन् भने बद्री मैनाली (सूर्य चिन्ह) ले ३२५५ मत प्राप्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *