प्रतिनिधिसभा निर्वाचनः रास्वपाका ५६ उम्मेदवार विजयी

डिसी नेपाल
२३ फागुन २०८२ १८:०४
3.7k
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म ५६ क्षेत्रमा विजयी भएकोे छ। आज साँझ ५ः३० बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले ६५ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन्।

निर्वाचन आयोगका अनुसार हालसम्म ७१ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले नौ क्षेत्रमा जित हासिल गरेको छ भने नौ स्थानमा अगाडि रहेको छ। नेकपा (एमाले) ले तीन स्थानमा विजयी हुँदा नौ स्थानमा अगाडि रहेको छ।

आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हालसम्म एक उम्मेदवार विजयी हुनुभएको छ भने छ स्थानमा अग्रता लिएका छन्। यस्तै,राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक/एक स्थानमा विजयी भएका छन्। यस्तै, श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार अग्रस्थानमा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *