सुनको मूल्य बढ्यो

डिसी नेपाल
२४ फागुन २०८२ १२:०५
3.7k
Shares

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा तीन हजार ५०० र चाँदी प्रतितोला ३० रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख १६ हजार ९०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार ४७५ निर्धारण भएको छ। शुक्रबार एक तोला सुन तीन लाख १३ हजार ४०० र त्यति नै परिमाणको सेतो धातु पाँच हजार ४४५ मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १७० र त्यति नै परिमाणको सेतो धातु ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.