धनुषा-१ को रोकिएको परिणाम घोषणाबारे निर्णय फागुन २९ गते हुने

डिसी नेपाल
२५ फागुन २०८२ १६:२७
404
Shares

काठमाडौं । धनुषा-१ को रोकिएको मतपरिणामबारे निर्णय फागुन २९ गते हुन सक्नेछ । यहाँ निर्वाचन आयोगले उम्मेदवारी बदर गरेका रास्वपा उम्मेदवार किशोरी शाह कमलले सबैभन्दा धेरै मत ल्याएपछि निर्वाचन आयोगले परिणाम घोषणा तत्कालका लागि रोकेको छ । निर्वाचन आयोगले आफ्नो उम्मेदवारी बदर गरेपछि उम्मेदवार कमल पनि सर्वोच्च अदालत गएका थिए ।

उनको उम्मेदवारी खारेजी विरूद्धको रिटमा अन्तरिम आदेश जारी गर्ने नगर्ने विषयमा सर्वोच्च अदालतले २९ गते छलफलको मिति तोकेको हो । सोमबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले उम्मेदवारी खारेज गरेको निर्वाचन आयोगको पनि कुरा सुन्नुपर्ने बताउँदै छलफलका लागि बोलाएको हो । फागुन २९ गते छलफलमा आउँदा फागुन १८ गते उम्मेदवारी खारेज गर्ने निर्णयसहितको फाइल लिएर आउन आयोगलाई आदेश दिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.