किशोरी साहको उम्मेदवारी खारेजसम्बन्धी सक्कल फाइन झिकाउने आदेश

डिसी नेपाल
२५ फागुन २०८२ १८:०९
684
Shares

काठमाडौं। सर्वोच्च अदालतले धनुषा निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेजसम्बन्धी निर्णयको फाइलसहित यही फागुन २९ गते उपस्थित हुन निर्वाचन आयोगको नाममा आदेश गरेको छ।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आज रास्वपाका उम्मेदवार साहको उम्मेदवारी खारेज भएको धनुषा १ मा मत परिणामसमेत सार्वजनिक नगर्न भनेको छ।

आदेशमा मतगणना सम्पन्न भए पनि मतपरिणाम घोषणा नगर्न भनेको छ। आधार कारणसहित आदेश प्राप्त भएको मितिले सात दिनभित्र विपक्षीहरुले महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखितजवाफ पेस गर्न भनिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *