सभापतिबाट राजीनामा दिने गगन थापाको तयारी
काठमाडाैं। प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजय व्यहोरेसँगै सभापति गगन थापाले पदबाट राजीनामा दिने भएका छन्।
सभापति गगन थापाले सोमबार साँझ उपसभापति विश्वप्रकाश शर्मासँगको भेटवार्तामा सभापतिबाट राजीनामा दिने बताएका छन्।
नयाँ बानेश्वरमा भएकाे भेटवार्तामा सभापति थापाले पार्टीको पराजयको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने बताएका छन्। पार्टीको पराजयको जिम्मेवारी लिनुपर्ने भन्दै पद त्याग गर्नु उचित हुने थापाको धारण थियो।
‘म सभापति पदबाट राजीनामा दिन्छु,’ सभापति थापाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘उपसभापति विश्वप्रकाश शर्माले अहिले राजीनामा नगर्न सुझाव दिनुभएको छ।’ फागुन २१ गते भएको प्रतिनिधिसभा चुनावको पराजयको जिम्मेवारी लिँदै आफूले पद त्याग्नु उचित हुने कुरा सभापति थापाले उपसभापति शर्मासँग राखेका थिए।
उपसभापति शर्माले भने सभापतिले तत्काल राजीनामा नदिन सुझाव दिएका छन्। उनले निर्वाचनको परिणामलाई केवल व्यक्तिको कमजोरीका रूपमा नभई समग्र परिस्थितिको परिणामका रूपमा बुझ्नुपर्ने बताएका छन्।
‘यो केवल रास्वपाको जितभन्दा बढी हाम्रो पराजय हो। तर यसको दोषी न त केवल एक व्यक्ति हो, न त विशेषमहाधिवेशनबाट आएको कार्यसमिति,’ शर्माको भनाइ छ।







डिसी नेपाल







Facebook Comment