धनुषा–१ बाट नेकपाका यादव निर्वाचित
धनुषा । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा धनुषा–१ बाट नेपाली कम्युनिष्ट पार्टीका मातृकाप्रसाद यादव निर्वाचित भएका छन्। यादवले १० हजार ४२८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
उक्त क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार रामपलटन साहले नौ हजार ४८५ मत र नेकपा (एमाले)का उम्मेदवार रामचन्द्र मण्डलले नौ हजार २२० मत प्राप्त गरेको आयोगले जनाएको छ।
यसअघि धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उम्मेदवार रहेका किशोरी साह कालोसूचीमा भएको उल्लेख गर्दै निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेको थियो। उक्त निर्णयविरुद्ध साह सर्वोच्च अदालत गएका थिए। सर्वोच्च अदालतले आज उक्त रिटमा सुनुवाइ गर्दै यही फागुन २९ गतेका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।
साथै आयोगको आज बसेको बैठकले निर्वाचन अधिकृतको कार्यालयलाई मतपरिणाम सार्वजनिक गर्न निर्देशनपछि विजेता घोषणा गरिएको आयोगले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment