कञ्चनपुरमा खैरो हेरोइनसहित तीन जना पक्राउ
कञ्चनपुर। कञ्चनपुरमा खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्।
जिल्लाको बेलौरी नगरपालिका–१० स्थित किल्ला नम्बर ४ नजिकबाट शुँक्लाफाटा नगरपालिका–५ प्रगती टोल बस्ने २४ वर्षीय हरिश भट्ट खैरो हेरोईनसहित पक्राउ परेका हुन्। भट्टलाई ८३० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
से ७ प २९३७ नम्बरको मोटरसाइकलमा सवार भट्टलाई भारतबाट नेपाल तर्फ संकास्पद रुपमा आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी मोटरसाइकलसहित उनलाई पक्राउ गरेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment