ललितपुरबाट चितुवाको उद्धार
काठमाडौं । ललितपुरको कुसुन्ती हाइटबाट एक चितुवाको उद्धार गरिएको छ।
मंगलबार बिहानै कुसुन्ती हाइटमा रहेको माछापुच्छ्रे स्कूलको हाताभित्र चितुवा देखिएपछि सदर चिडियाखानाको प्राविधिक टोलीले उद्धार गरेको हो।
सातदोबाटो प्रहरी, जिल्ला वन कार्यालय ललितपुर, ललितपुर महानगरका नगर प्रहरीको टोलीको संयुक्त प्रयासबाट चिडियाखानाको प्राविधिक टोलीले चितुवाको उद्दार गरेको ललितपुर महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए।
चितुवाको उद्धारपछि उपचारका लागि चिडियाखानाको वन्यजन्तु अस्पतालमा राखिएको सदर चिडियाखानाले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment