विपद् व्यवस्थापनमा स्थानीय तहलाई बलियो बनाउन आग्रह

डिसी नेपाल
२६ फागुन २०८२ २०:५३
24
Shares

काठमाडौं । गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले विपद् व्यवस्थापनमा स्थानीय तहलाई बलियो र जिम्मेवार बनाउनुपर्ने बताएका छन्।

अवलोकन तथा निरीक्षण भ्रमणका क्रममा आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय पुग्नुभएका सचिव श्रेष्ठले स्थानीय तहलाई जिम्मेवार बनाई स्रोतसाधनको व्यवस्था र प्राविधिक सहयोग भने प्रदेश र सङ्घ सरकारले गर्नुपर्ने धारणा राखे।

गत साता सम्पन्न निर्वाचनका सन्दर्भमा मौसम कस्तो होला भन्ने जिज्ञासा रहिरहेका बेला जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानले सहयोग गरेको दृष्टान्त राख्दै सचिव श्रेष्ठले पूर्वानुमानको विश्वसनियताको जगमा पूर्वतयारी र प्रतिकार्यलाई सुदृढ बनाउनुपर्ने बताए।

प्राधिकरणका कार्यकारी प्रमुख इ दिनेश भट्टले प्राधिकरणले सम्पादन गरिरहेका कार्यहरू, चुनौती एवं मन्त्रालयबाट गरिएका अपेक्षाहरूबारे प्रस्तुतीकरण गरेका थिए। त्यसक्रममा सचिव श्रेष्ठले प्राधिकरणद्वारा तयार पारिएको ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन हाते पुस्तिका’को विमोचन पनि गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *