पोखरीमा डुबेर एक जनाको मृत्यु
राजविराज (सप्तरी)। राजविराजस्थित कल्टु दास पोखरीमा डुबेर आज एक युवकको मृत्यु भएको छ।
राजविराज नगरपालिका–४ का २५ वर्षीय बौवा भन्ने गजेन्द्र दासको मृत्यु भएको हो। राजविराज–३ स्थित कल्टु दास पोखरीमा माछा मार्न गएका गजेन्द्रको डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए।
दुईपल्ट माछा मारेर बाहिर निस्केका उनी तेस्रो पटक पुनः माछा मार्ने क्रममा डुबेको स्थानीयवासीले जनाएको छ। पोखरीमा माछा मार्ने क्रममा एक युवा डुबेको खबर पाएपछि पुगेको नेपाली सेनाको बरख गण, सशस्त्र र नेपाल प्रहरीका गोताखोर टोलीले खोजी सुरु गरेको थियो। करिब चार घण्टाको प्रयासपछि उनको मृत शरीर सेनाले फेला पारेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment