लागुऔषधसहित तीन जना पक्राउ

डिसी नेपाल
२७ फागुन २०८२ ९:५९
3.4k
Shares

काठमाडौं। नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाराको निजगढ नगरपालिका-११ रतनपुरबाट १२ किलो २ सय ३० ग्राम गाँजासहित दुई जना पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार जीतपुर सिमरा उपमहानगरपालिका-१९ इनर्वा सिरहाका ३५ वर्षीय फिरोज देवान र गौर नगरपालिका-९ का १९ वर्षीय तरबेज आलम पक्राउ परेका हुन्।

यसैगरी, भरतपुर महानगरपालिका-१८ लाहुरेचोकबाट चिकित्सको सिफारिसमा मात्र खरिद गर्न पाइने २२० फाइल ट्रामाडोलसहित सोही महानगरपालिका-२३ का २९ वर्षीय सोम पाण्डेलाई पक्राउ गरेर अनुसन्धान थालिएको छ। उनीहरूलाई मङ्गलबार पक्राउ गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.