खानेकुरामा मात्र खर्च गर्ने उम्मेदवार
काठमाडौं । सुनसरी क्षेत्र नम्बर १ मा मितेरी पार्टीका उम्मेदवार रक्ष कुमार राईले निर्वाचन आयोगमा आफ्नो खर्च विवरण पेश गरेका छन्। राईले पेश गरेको खर्च विवरण निकै रोचक छ ।
राईले निर्वाचनमा कुल ४० हजार ७४० रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्। उनको खर्चमध्ये अधिकांश पैसा खानेकुरामा मात्र खर्च भएको छ । खानेकुराबाहेक उनको खर्च पेट्रोलमा मात्र भएको छ । अरू कुनै शीर्षकमा उनले खर्च भएको उल्लेख गरेका छैनन् ।
उनले घरदैलो कार्यक्रमका क्रममा मम, चाउमिन, पानी, कोक, बीबीक्यू, एक्स्ट्रिम (इनर्जी ड्रिंक), सादा खाना, पेट्रोल तथा बदाम जुसमा भएको खर्चलाई विवरणमा समावेश गरेका छन्। यी सबै शीर्षकमा गरी उनले जम्मा ४० हजार ७४० रुपैयाँ खर्च भएको आयोगलाई जानकारी दिएका छन्। राईले निर्वाचनमा मात्र १७ मत प्राप्त गरेका छन् ।







डिसी नेपाल







Facebook Comment