प्राध्यापक राजेन्द्र सुवेदीको ‘धितो कोख’ सार्वजनिक

डिसी नेपाल
३ असोज २०७६ २२:५१

काठमाडौं । वरिष्ठ भाषासेवी, समालोचक तथा साहित्यकार प्राध्यापक राजेन्द्र सुवेदीनयाँ कृति उपन्यास लिएर आएका छन्।

नयाँ विषय, नयाँशिल्प र शैलीको उपन्यास ‘धितो कोख’ एक कार्यक्रमका बिच आज सार्वजनिक गरिएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्राध्यापक वासुदेव त्रिपाठी प्रमुख अतिथि रहेको कार्यक्रममा नेकपाका नेता साहित्यकार दिनानाथ शर्मा, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति के.के. कर्माचार्य, प्राज्ञ डा. देवी नेपाल, साहित्यकार डा. रामप्रसाद ज्ञवालीसहित बौद्धिक जगतको बाक्लो उपस्थिति रहेको थियो।

साहित्यकार रमेश शुभेच्छुले सन्चालन गरेको र ऐरावती प्रकाशनका अध्यक्ष रामदेव पाण्डेले अध्यक्षता गरेको कार्यक्रममा प्रकाशनका प्रवन्ध निर्देशक आनन्द तिवारीले स्वागत गरेका थिए।

कार्यक्रममा प्राज्ञ डा. देवी नेपालले उपन्यासकार सुवेदीको व्यक्तित्व माथि प्रकाश पारेको थियो भने डा. रामप्रसाद ज्ञवालीले पुस्तक माथि समीक्षा गरेका थिए।

झण्डै चार दशक प्राध्यापन सेवामा संलग्न एवं तीन दशक जति त्रिभुवन विश्व विद्यालयमा नेपाली भाषा र साहित्य अध्यापन गराउनु भएका प्राध्यापक राजेन्द्र सुवेदी त्रिविको नेपाली केन्द्रीय विभागका विभागीय प्रमुख समेत रहेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *