नेतृत्वले हारको जिम्मेवारी लिनुपर्छ : पूर्ण बस्नेत
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले नेतृत्वले हारको जिम्मेवारी लिनुपर्ने बताएका छन्। बस्नेतले कुनै पनि लडाइँमा हार र जीतको लागि नीति र नेतृत्व मुख्य कारक हुने भन्दै नेतृत्व उक्त जिम्मेवारीबाट भाग्न नहुने बताएका हुन्।
बस्नेतले भने, ‘हरेक प्रतिस्पर्धामा कसैको हार र कसैको जीत हुन्छ नै। जसरी ‘जित्नु’ भयंकर ठूलो विषय हैन त्यसरी नै ‘हार्नु’ त्यति सामान्य विषय पनि हैन।’
जब नेतृत्वले हारलाई नजरअन्दाज गर्दै अगाडि बढ्न खोज्छ भने त्यो नेतृत्व पतनको बाटोमा छ भन्ने कुरा बुझ्नुपर्ने उनको धारणा छ।
नेतृत्वले जीतको क्रेडिट नलिए पनि केही फरक नपर्ने तर हारको जिम्मेवारी सबैभन्दा पहिले र सबैभन्दा बढी लिनुपर्ने उनको भनाइ छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment