पोखरीमा महिलाको शव फेला

डिसी नेपाल
२७ फागुन २०८२ १८:२७
580
Shares

सिरहा। यहाँको औरही गाउँपालिका—५ स्थित एक पोखरीमा आज एक महिलाको शव फेला परेको छ। स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै पुगेको प्रहरी टोली घटनास्थलमा पुगी पोखरीबाट शव बाहिर निकालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।

शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.