बम विस्फोटको घटनाप्रति बारको भर्त्सना

डिसी नेपाल
२७ फागुन २०८२ २०:३८
3.3k
Shares

काठमाडौं। नेपाल बार एसोसिएसनले सिरहा जिल्ला अदालत बार एसोसिएसन अगाडि अधिवक्ता मधुसुदन यादवको ल फर्ममा बम विस्फोट भएको घटनाप्रति घोर भर्त्सना गरेको छ।

आज ४ बजे बम विस्फोट हुँदा ल फर्मको सिसा र भित्र रहेका कामजात तथा फर्निचरहरुमासमेत क्षति भएको छ। नेपाल बार एसोसिसनका महासचिव केदारप्रसाद कोइरालाले भने, ‘बार सो घटनाप्रति घोर भर्त्सना गर्दछ, घटनाको छानबिन गरी, दोषीउपर कारबाही गर्न र ल फर्ममा भएको क्षतिपूर्ति दिन सरकारसँग माग गर्दछ।’

सो घटना कस्ले गराएको र के कति कारणले बम विस्फोट भएको भन्नेबारे पूर्ण विवरण भने आएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.