शेखर कोइरालाको चुनावी खर्च २२ लाख ३१ हजार
काठमाडौं। नेपाली कांग्रेसका नेता मोरङ–६ बाट उम्मेदवार बनेका डा. शेखर कोइरालाले चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्।
उनले बुझाएको विवरणअनुसार जम्मा २२ लाख ३१ हजार ८८ रुपैयाँ खर्च भएको छ।
सबभन्दा बढी खर्च प्रचारप्रसार सामाग्री छपाईमा भएको उल्लेख छ। जहाँ १६ लाख ४६ हजार ६०९ रुपैयाँ खर्च भएको भनिएको छ। यातायातमा जम्मा ७९ हजार रुपैयाँ खर्च भएको छ। यस्तै, ईन्धनको लागि भने १ लाख १६ हजार ३१९ रुपैयाँ खर्च भएको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment