रास्वपा वरिष्ठ नेता बालेनद्वारा एमाले अध्यक्ष ओलीका पिताको निधनप्रति समवेदना

डिसी नेपाल
२९ फागुन २०८२ २१:१६
36
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको पिता मोहनप्रसाद ओलीको निधनप्रति श्रद्धाञ्जली अध्यक्ष ओलीप्रति समवेदन दिएका छन्।

झापा–५ बाट निर्वाचित नेता शाहले आज सामाजिक सञ्जालबाट श्रद्धाञ्जली दिँदै केही समयअघि आफूले पिता गुमाएकाले पिता जस्तो रक्षक, गुरु र देवता अरु कोही हुन्न भन्ने संस्कृत श्लोकको स्मरण गरेका छन्।

‘पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ भन्ने मैले महसुस गरेको छु। पूर्वप्रधानमन्त्री ओलीमा पर्न गएको पितृशोकमा हार्दिक समवेदना व्यक्त गर्दछु’, शाहको सन्देशमा भनिएको छ। यसअघि रास्वपाका अध्यक्ष रवि लामिछानेले अध्यक्ष ओलीप्रति समवेदना दिएका छन्।

दिवङ्गत ओलीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.