अस्पतालमा आगलागी हुँदा १० बिरामीको मृत्यु

डिसी नेपाल
२ चैत २०८२ ११:५८
1.2k
Shares

काठमाडौं । ओडिशाको कटकस्थित श्रीरामचन्द्र भान्जा मेडिकल कलेज अस्पतालमा आइतबार राति करिब ३ बजे आगलागी भएको छ। घटनामा दश जना बिरामीको मृत्यु भएको छ। तीमध्ये सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने तीन जनाको उपचारको क्रममा मृत्यु भएको थियो।

पहिलो तल्लामा रहेको ट्रमा केयर सघन उपचार कक्षमा आगलागी भएको थियो। त्यहाँ लगभग २३ जना बिरामी भर्ना भएका थिए। बिरामीलाई उद्धार गर्ने क्रममा अस्पतालका कम्तिमा ११ जना कर्मचारी पनि जलेर घाइते भएका छन् । आगलागी सर्ट सर्किटका कारण भएको आशंका गरिएको छ।

ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीले आज बिहान घाइतेहरूलाई हेर्न अस्पतालको भ्रमण गरे। उनले मृतकका परिवारलाई प्रतिव्यक्ति २५ लाख रुपैयाँ क्षतिपूर्ति घोषणा गरे र दुर्घटनाको उच्चस्तरीय अनुसन्धानको आदेश दिए। श्रीरामचन्द्र भान्जा मेडिकल कलेज कटकको सबैभन्दा ठूलो अस्पताल हो, जहाँ राज्यभरका बिरामीहरू आउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.