निर्वाचन आयोगद्वारा समानुपातिक सांसदसूची सार्वजनिक (सूचीसहित)

डिसी नेपाल
२ चैत २०८२ १९:१६
1.7k
Shares

काठमाडौं। निर्वाचन आयोगले समानुपातिकतर्फ ११० जना उम्मेदवार निर्वाचित भएको घोषणा गरेको छ। जसअनुसार रास्वपाबाट ५७ जना, कांग्रेसबाट २० जना, एमालेबाट १६ जना, नेकपाबाट ९ जना, श्रम संस्कृति पार्टीबाट ४ जना र राप्रपाबाट ४ जना गरी ११० जना उम्मेदवार निर्वाचित भएको घोषणा गरिएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६०(९) तथा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा ३८ (१) बमोजिम सम्बन्धित राजनीतिक दलहरूबाट छनौट गरी पेस गरेको उम्मेदवाहरूको विवरण आयोगले सार्वजनिक गरेको हो।

दलहरुले आफूले पाएको सिट संख्याअनुसार हिजो निर्धारित समयमा नै आयोगमा पार्टीको तर्फबाट नाम बुझाएका थिए। त्यसको आधारमा आयोगले आज उम्मेदवार निर्वाचित भएको घोषणा गरेको हो।

हेर्नुस् सूची :

हेर्नुस् सूची :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.