जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्छ : महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्ने बताएका छन्।
ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयमा आज प्रदेश तथा जिल्ला अध्यक्षसँग ‘भर्चुअल’ बैठकलाई सम्बोधन गर्दै उहाँले आममतदाताले एमालेसँग सम्बन्धविच्छेद नगरेको बताए।
उनले अध्यक्ष केपी शर्मा ओली, एमालेविरुद्ध नयाँ र पुरानो अनुहार भन्ने नारामा आधारित प्रचार गरेर जनतालाई भ्रमित पारिएको बताए। उनले छिटो लोकप्रियता कमाउने र तत्काल परिणाम दिने वाचा गर्दै अघि बढ्ने तर व्यवहारमा परिणाम दिन नसक्ने अवस्था आउनसक्ने धारणा राखे।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment