नेपालले परराष्ट्र नीतिमा सन्तुलन कायम राख्नुपर्छ : पूर्वपरराष्ट्रमन्त्री कोइराला

डिसी नेपाल
२ चैत २०८२ २१:४०
44
Shares

काठमाडौं । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले नेपालले परराष्ट्र नीतिमा सन्तुलन कायम राख्नुपर्ने बताएकी छन्।

पूर्वउपप्रधान एवं परराष्ट्रमन्त्रीसमेत रहनुभएकी कोइरालाले आज सञ्चारकर्मीसँग कुरा गर्दै सबै छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई सन्तुलन कायम राख्नुपर्ने बताएकी छन्।

नेत्री कोइरालाले कांग्रेसलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले पार्टीभित्र र देशभित्र सहमति, सहकार्य र एकताको खाँचो रहेको औंल्याए।

उनले कांग्रेस सभापति गगनकुमार थापाले पार्टीभित्र सबैलाई समेटेर अगाडि बढ्नुपर्ने बताए। नेत्री कोइरालाले कांग्रेसले जेनजी आन्दोलनको मर्म र भावनालाई सम्बोधन गरेर अगाडि बढ्नुपर्ने उल्लेख गरे। पार्टीको हरेक संरचनामा युवा सहभागिता आवश्यक रहेको उनको भनाइ थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.