मौसम पूर्वानुमान : यी चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल कर्णाली प्रदेश लगायत गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ।
कोशी र लुम्बिनी प्रदेश लगायत बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ। बाँकी भू-भागमा मौसम मुख्तया सफा रहेको छ। कोशी प्रदेशको हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भैरहेको छ।
आज दिउँसो देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
यस्तै, आज राती लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा गण्डकी प्रदेशको तराई तथा बागमती र कोशी प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्ने, बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा कोशी प्रदेशको पहाडी र हिमाली भू-भागलगायत गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।







डिसी नेपाल







Facebook Comment