विदाइअघि दलका नेतासँग प्रधानमन्त्रीको भेट, जित्नेलाई बधाइ, हार्नेलाई शुभकामना
काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले सवैको सहयोगबाट मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सफल भएको बताएकी छन्।
बुधबार बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टीका नेताहरुसंगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले सवै राजनीतिक दलहरुको सहभागीता र सहयोगका कारण निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सफल भएको बताएकी हुन्।
उनले निर्वाचनमा विजयनुभएका नेताहरुलाई बधाई दिँदै अन्य नेताहरुलाई अर्को पटकका लागि शुभकामना समेत दिएकी थिइन्। सो क्रममा नेकपाका नेताहरुले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न भई देशले निकास पाएको भन्दै बधाई दिएका थिए।
नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान सक्ने खतरा भएपनि तोकिएको समयमा नै निर्वाचन गर्न सरकारले गरेको काम निकै महत्वपूर्ण र प्रशंसालायक रहेको उल्लेख गरे।
त्यस्तै नेकपा सहसंयोजक माधव कुमार नेपालले अस्तव्यस्त अवस्था सम्हालेर ६ महिनाभित्रै चुनाव गराउने कार्य निकै चुनौतीपूर्ण भए पनि प्रधानमन्त्रीको छवि, इमान र दृढताका कारण निर्वाचन सम्पन्न भएको बताएका थिए।
नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरु प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुगेका थिए।







डिसी नेपाल







Facebook Comment