राप्रपाको दलको नेतामा शाही, ओली प्रमुख सचेतक

डिसी नेपाल
५ चैत २०८२ १७:३१
344
Shares

काठमाडौं। राप्रपाले संसदीय दलको नेतामा ज्ञानबहादुर शाहीलाई चयन गरेको छ।

बिहीबार बसेको संसदीय दलको बैठकले शाहीलाई दलको नेता बनाउने निर्णय गरेको छ। २१ फागनुमा सम्पन्न निर्वाचनमा शाही पार्टीबाट निर्वाचित एक्ला सांसद हुन्। यस्तै, प्रमुख सचेतकमा भने खुश्बु ओली चयन भएकी छिन्।

उनी समानुपातिकतर्फ सांसद बनेकी हुन्। आजमात्रै उनले निर्वाचन आयोगमा निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेकी हुन्। यो निर्वाचनमा राप्रपा एक प्रत्यक्ष र ४ समानुपातिकतर्फ गरी जम्मा ५ जना सांसदसहित छैटौं दल बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *