प्रधानमन्त्री कप क्रिकेटका खेलहरू मूलपानी क्रिकेट मैदानमा हुने

डिसी नेपाल
५ चैत २०८२ १८:११
20
Shares

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता, २०८२ अन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तय गरिएका सम्पूर्ण खेलहरू अब मूलपानी क्रिकेट मैदानमा सारिएको जनाएको छ।

बिहीबार क्यानले जारी गरेको विज्ञप्ति अनुसार २०८२ चैत ७ देखि सुरु हुने प्रतियोगिताका खेलहरू तल्लो मूलपानी क्रिकेट मैदानमा सञ्चालन गरिनेछ। यसअघि खेलहरू त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने तय गरिएको थियो।

संघले आगामी आईसीसी पुरुष क्रिकेट विश्वकप लिगको तयारीका लागि क्रिकेट मैदानको स्तरोन्नति तथा मर्मत कार्य आवश्यक भएकाले खेल स्थल परिवर्तन गरिएको स्पष्ट पारेको छ।

क्यानका प्रवक्ता छुम्बी लामाले हस्ताक्षर गरेको विज्ञप्तिमा प्रतियोगिता पूर्वनिर्धारित मिति र तालिका अनुसार नै सञ्चालन हुने पनि उल्लेख गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *