समुदाय–प्रहरी साझेदारी अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न

डिसी नेपाल
४ असोज २०७६ १९:३७

पर्वत । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत कुश्मा नगरपालिका–४ स्थित जिल्ला प्रहरी कार्यालय पर्वतको सभाहलमा ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण सम्बन्धी जिल्लास्थित विभिन्न सरोकारवाला निकायहरुसँग अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

कार्यक्रममा गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले अन्तरक्रियामा उठेका जिज्ञासाहरुको निरुपण गर्दै ट्राफिक व्यवस्थान तथा दुर्घटना न्यूनीकरणमा प्रहरी सदैव क्रियाशील भई कार्य गरिरहेको बताए।

सो अवसरमा पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले सवारी दुर्घटना न्यूनीकरण गर्न सम्बन्धित सरोकारवाला निकायहरुसँग समन्वय गरी सुरक्षा योजनाकासाथ सुरक्षा व्यवस्था मिलाउनुपर्नेमा जोड दिए।

साथै कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, कुश्मा नगरपालिका अन्तर्गत स्थानीय तहका पदाधिकारीहरु, पर्वत जेसिसका अध्यक्ष मोहन आचार्य, पर्वत उपभोक्ता मञ्चका अध्यक्ष, ग्रामीण महिला समूहका अघ्यक्ष, खरेया आमा समूहका अध्यक्ष, यातायात व्यवसायीहरु, संचारकर्मीलगायत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.