परिवर्तनबारे मतदातालाई बुझाउन नसक्दा चुनाव जित्न नसकेको कांग्रेसको निष्कर्ष

डिसी नेपाल
८ चैत २०८२ १२:१५
376
Shares

काठमाडौं। नेपाली कांग्रेसले निर्वाचनको परिणामलाई वस्तुगत र वैज्ञानिक ढंगबाट विश्लेषण गर्नुपर्ने निचोड निकालेको छ।

प्रवक्ता देवराज चालिसेले पार्टीको वर्तमान वैचारिक अवस्था र चुनावी परिणामका विषयमा  केन्द्रीय समिति बैठकबारे जानकारी दिँदै उनले विगतमा नेपाली कांग्रेसको लामो राजनीतिक पृष्ठभूमिमा पार्टीको वैचारिक प्रभाव बलियो रहे पनि अहिले त्यस क्षेत्रमा कमजोर भएको सन्देश देखिएको बताए।

उनले भने, ‘हिजोका दिनमा लामो राजनीतिक पृष्ठभूमीमा नेपाली कांग्रेसको जुन वैचारिक एकाधिकार भएका क्षेत्रहरु थिए। तर अहिले ति क्षेत्रहरुमा अब दखल परेको हो की धक्का लागेको हो कि भन्ने सन्देश पनि आउँछ।’

चालिसेले पछिल्लो चुनावले व्यवस्था परिवर्तन नभई अवस्था परिवर्तनका लागि जनताले मतदान गरेको स्पष्ट पारे। उनले परिवर्तन विद्रोह वा हिंसाबाट मात्र होइन, लोकतान्त्रिक प्रक्रियामार्फत मतद्वारा पनि सम्भव हुने मान्यता स्थापित भएको उल्लेख गरे।

उनले भने, ‘यो चुनावले व्यवस्था परिवर्तन गरेन अवस्था परिवर्तनको लागि जनताको मतदान भयो। परिवर्तन संभव छ तर परिवर्तन विद्रोह र हिंसाबाट होइन मतबाट पनि सम्भव छ भन्ने मान्यता पनि स्थापित भएकै छ।’

साथै, पार्टीसँग आबद्ध भएपछि र नभएपछि हुने परिवर्तनबारे मतदातालाई प्रभावकारी रूपमा बुझाउन नसक्दा विश्वास जित्न नसकिएको उनले स्वीकार गरे।

उनले भने, ‘पार्टीमा जोडिए पछिको अवस्था र नजोडिएको अवस्थामा के परिवर्तन हुन्छ, के अन्तर आउँछ भन्ने कुरा प्रशिक्षित गर्न सकेनौं। मतदातालाई प्रभावकारी रूपमा बुझाउन नसक्दा विश्वास जित्न सकेनौं। चुनावमा उम्मेदवार रोजेको भन्दा पनि अप्रतिक्रिया दिएको मत जस्तो देखियो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *