नेपाली काँग्रेस डोटी-काठमाडौं सम्पर्क समितिद्वारा दशैंको शुभकामना आदानप्रदान कार्यक्रम
काठमाडौं । नेपाली काँग्रेस तथा नेविसंघ डोटी–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा दशैंको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।
शनिबार काठमाडौंको बत्तिसपुतलीमा एक कार्यक्रम गर्दै शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो।
दीर्घ बलायरको अध्यक्षमा भएको हिन्दुहरुको महान् चाँड विजया दशमी, शुभ दीपावली तथा छटपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बीरबहादुर बलायरले हिन्दुहरुको महान् चाड दशैतिहारले एकअर्कामा आत्मीयता, सद्भाव सधैं एकजुट भैरहनुपर्ने बताए।
शुभकामना आदानप्रदान कार्यक्रममा विशिष्ट अतिथि प्रदेशसभा सदस्य भरत खड्का, नेपाली काँग्रेस डोटीका पूर्व पार्टी सभापति तथा पूर्व मन्त्री भक्तबहादुर बलायर रहेका थिए।
कार्यक्रममा नेपाली काँग्रेस निकट सबै भातृसंगठनका पदाधिकारी, पत्रकारलगायतको उपस्थिति रहेको थियो।







डिसी नेपाल







Facebook Comment