केन्द्रीय कारागारबाट फरार एक कैदी सिरहाबाट पक्राउ

डिसी नेपाल
९ चैत २०८२ १९:१५
112
Shares

सिरहा। गत भदौको ‘जेनजी’ आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई प्रहरीले सिरहाबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिरहाकै कर्जन्हा नगरपालिका–७ मेरवा बस्ने ३८ वर्षीय अञ्जनी कुशवाहा रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी कर्जन्हाबाट खटिएका प्रहरी टोलीले आज उनकै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।

प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार उनी कर्तव्य ज्यान मुद्दामा काठमाडौंस्थित केन्द्रीय कारागार जगन्नाथदेवलमा कैद भुक्तान गरिरहेका थिए। पक्राउ परेका कुशवाहालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित कारागारमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *