तनहुँमा १८३ क्षयरोगी उपचारको दायरामा
तनहुँ। तनहुँमा चालु आर्थिक वर्षमा १८३ जना क्षयरोगका बिरामी उपचारको दायरमा आएका छन्। चालु आर्थिक वर्षको आठ महिनामा जिल्लाभित्र ती क्षयरोगी भेटिएका हुन्।
प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलका अनुसार जिल्लाका दशवटै स्थानीय तहमा क्षयरोगी भेटिएका छन्। गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा ३१८ क्षयरोगी भेटिएका थिए। त्यसमध्ये १३ जनाको मृत्यु भएको थियो। उहाँका अनुसार नियमित औषधि सेवन गर्दा क्षयरोग निको हुने दर ९१ प्रतिशत रहेको छ।
त्यसैगरी आव २०८०/८१ मा जिल्लामा ३२५ क्षयरोगी भेटिएका थिए। आव २०७९/८० मा २८५ क्षयरोगका बिरामी भेटिएका थिए। जिल्लास्थित १११ स्वास्थ्य संस्थाबाट क्षयरोगीको उपचार हुने गरेको छ। कँडेलका अनुसार १४ स्वास्थ्य संस्थामार्फत् क्षयरोग पहिचानका लागि खकार परीक्षणको व्यवस्था मिलाइएको छ। रासस







डिसी नेपाल







Facebook Comment