सामुदायिक विद्यालयद्वारा दश रोपनीमा केरा खेती
वालिङ (स्याङ्जा)। यहाँको एक सामुदायिक विद्यालयले ‘पढ्दै कमाउँदै कार्यक्रम’अन्गर्तत बाँझो जमिनको सदुपयोग गर्दै व्यावसायिक केरा खेती सुरु गरेको छ। वालिङ नगरपालिका–१० फूलबारीस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयले केरा खेती सुरु गरेको हो।
जिल्लाकै नमूना विद्यालयकारूपमा रहेको यस विद्यालयले विद्यालय परिसरमै आफ्नै स्वामित्वमा रहेको करिब १० रोपनी जग्गामा ‘जी नाईन’ जातको केराका बेर्ना लगाएको छ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ स्याङ्जा प्राविधिक शिक्षालयको साझेदारी व्यावसायिक उत्पादन कार्यक्रमअन्तर्गत केरा खेती गरिएको विद्यालयका प्रधानाध्यापक दीपक लम्सालले बताए।
“विगत लामो समयदेखि विद्यालयको स्वामित्वमा रहेको जमिन बाँझो रहेको थियो” उनले भने, “बाँझो जमिनको सदुपयोग पनि भयो पढ्दै कमाउँदै कार्यक्रम साथै कक्षा ९ देखि १२ सम्म कृषि बाली विज्ञान विषयका विद्यार्थीलाई प्रयोगात्मक अभ्यास पनि यहीँ गराउन सक्ने भएका छौँ।”
व्यावसायिक केरा खेती कार्यक्रमका लागि कार्यालयको ७५ प्रतिशत र विद्यालयको २५ प्रतिशत लागत साझेदारी रहेको छ। कार्यालयकातर्फबाट तीन लाख ९५ हजार ७१० रुपैयाँ र विद्यालयकातर्फबाट एक लाख ६९ हजार ५९० रुपैयाँ गरी कूल पाँच लाख ६५ हजार ३०० रुपैयाँ लगानी रहेको छ
No ads found for this position


डिसी नेपाल
Facebook Comment