छिमेकी महिलाको हत्या आरोपमा १५ वर्षका किशोर पक्राउ

डिसी नेपाल
१० चैत २०८२ ११:३६
4.1k
Shares

भैरहवा । भैरहवामा छिमेकी महिलाको हत्या गरेको आरोपमा १५ वर्षका किशोर पक्राउ परेका छन् । शुद्धोधन गाउँपालिका- १ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या अभियोगमा इलाका प्रहरी कार्यालयले उनलाई पक्राउ गरेको हो ।

किशोरमाथि गत चैत २ गते राति आफ्नै पसलमा सुतिरहेकी पटवामाथि कैची प्रहार गरी हत्या गरेको आरोप छ । पक्राउ परेका किशोरले आफूलाई लागूपदार्थको लत रहेको बयान दिएका छन् ।

किशोरले प्रहरीलाई दिएको बयानअनुसार उनलाई लागूऔषधको लत लागेको थियो । आफूसँग लागुऔषध किन्न पैसा गभएपछि उनले मृतक महिलाको पसलबाट चोरी गर्ने प्रयास गरेका थिए ।

चोरी गर्ने उद्देश्यले पसलमा छिर्दा महिलाले थाहा पाएर रोक्न खोजेपछि विवाद भएको र आफूले कैंची प्रहार गरेर महिलाको हत्या गरेको किशोरले बयान दिएका छन् । घटनापछि उनी फरार भएका थिए ।

उनलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो । उनलाई जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *