तेल भिसा चलचित्रका निर्माता कार्की पक्राउ

डिसी नेपाल
१० चैत २०८२ १७:०६
4.2k
Shares

काठमाडौं । चलचित्र तेल भिसाका निर्माता शिवराज कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।

विदेश पठाइदिन्छु भन्दै २५० जनालाई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई स्वयम्भूबाट पक्राउ गरेको हो।

सिन्धुलीको सुनकोशी गाउँपालिका–७ घर भएका कार्कीलाई पासाङ नोर्बु तामाङसमेतका व्यक्तिले जाहेरी दिएका आधारमा पक्राउ गरिएको हो। प्रहरीका अनुसार उनीविरुद्ध वैदेशिक ठगीमा ६ वटा पक्राउ पुर्जी जारी भएका छन्।

कार्कीलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ। उनले चाबहिलमा पी एण्ड एम इनोभेशन सर्भिस नामको कन्सलटेन्सी विगत १० वर्षदेखि सञ्चालन गर्दै आएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *