खैरो हेरोइनसहित दुई जना पक्राउ
जनकपुरधाम । खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय सिरहाले दुई जनालाई पक्राउ गरेको छ।
गोलबजार नगरपालिका-४ स्थित निपाने टोलबाट विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले स्थानीय अनिल चौधरीलाई नियन्त्रणमा लिँदै उनको साथबाट करिब १ ग्राम पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी एवं प्रवक्ता रमेश बहादुर पालले जानकारी दिए।
अनुसन्धानका क्रममा सोही घटनामा संलग्न रहेको आशंकामा प्रहरीले बलिराम महतोलाई पनि पक्राउ गरेको डिएसपी पालले बताए। महतोको घरमा खानतलासी गर्दा थप १०.२५ ग्राम लागूऔषध फेला परेको प्रहरीको भनाइ छ।
प्रहरीले दुवै जनाबाट नगद, मोबाइल, सुई, लाइटरलगायत सामग्री समेत बरामद गरेको जनाएको छ। पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।







डिसी नेपाल







Facebook Comment