एसईईमा मधेश प्रदेशबाट ८७,५९१ जना विद्यार्थी सहभागी हुने
जनकपुर। यस वर्षको एसईई परीक्षामा मधेश प्रदेशबाट जम्मा ८७,५९१ जना विद्यार्थीहरु सहभागी हुने भएका छन्।
मेधश प्रदेश सरकार अन्तर्गतको शिक्षा तथा संस्कृति मन्त्रालय मातहतको शिक्षा विकास निर्देशनालय, मधेश प्रदेशद्वारा बिहीबार जनकपुरधाममा आयोजित एसईई २०८२ संचालन-व्यवस्थापन सम्बन्धमा प्रदेश स्तरीय एकदिने अभिमुखिकरण कार्यक्रममा प्रस्तुत गरिएको विवरण अनुसार मधेश प्रदेश भरिका १३१६ वटा विद्यालयका जम्मा ८७,५९१ जना विद्यार्थीहरु यस वर्ष परीक्षामा सहभागी हुने भएको छ।
निर्देशनालय निर्देशक महेन्द्र महतोले प्रस्तुत गरेको विवरण अनुसार यस वर्ष सप्तरीबाट १६२ वटा विद्यालयका जम्मा ९२७६ जना विद्यार्थीहरु एसईई दिने भएको छ। त्यस्तै सिरहाबाट १९७ विद्यालयका ११०३८ जना विद्यार्थीहरु एसईई परीक्षामा सहभागी हुने भएका छन्।
त्यस्तै, धनुषाका २०३ वटा विद्यालयका जम्मा १३,२६२ जना विद्यार्थीहरुले एसईई परीक्षा दिने भएका छन्। यता, महोत्तरीको १६० वटा विद्यालयका जम्मा ११,३५१ जना विद्यार्थीहरु एसईईमा सहभागी हुने भएका छन सलार्हीको १६४ वटा विद्यालयका जम्मा ११,३७१ जना विद्यार्थीहरुले एसईईको परीक्षा दिने भएका छन्।
त्यस्तै, रौतहटको १२२ वटा विद्यालयका जम्मा ९७७७ जना विद्यार्थीहरुले एसईई परीक्षा दिने भएका छन भने बाराका १५५ वटा विद्यालयका जम्मा १०,८१३ जना विद्यार्थीहरु एसईईमा सहभागी हुने भएका छन्।
यता, पर्साको १५३ वटा विद्यालयका जम्मा १०,७०३ जना विद्यार्थीहरुले एसईई परीक्षा दिने निर्देशनालयद्वारा प्रस्तुत गरिएको विवरणमा उल्लेख रहेको छ। विवरण प्रस्तुत गर्दै निर्देशक महतोले ८ वटै जिल्लामा कुल ११,७८९ जना कर्मचारी परीक्षामा खटिने जानकारी दिए। जसमध्ये, ८ वटै जिल्लामा रहेको जम्मा २९९ वटा परीक्षा केन्द्रमा २९९ जना केन्द्राध्यक्ष र ४३३ जना सहायक केन्द्राध्यक्ष रहेका छन्।
८ वटै जिल्लामा कुल ४,२३५ जना निरीक्षक रहेका छन् भने ७३४ जना परीक्षा सहायक रहेका छन्।
त्यस्तै, ८ वटै जिल्लाका परीक्षा केन्द्रहरुमा कुल ४,४८५ जना सुरक्षाकर्मीहरु खटिने निर्देशक महतोले जानकारी दिए।







डिसी नेपाल







Facebook Comment