सांसदको शपथलगत्तै बालेनले सर्वोच्च पुगेर बुझे तारिख

डिसी नेपाल
१२ चैत २०८२ १८:२४
4.0k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सर्वोच्च अदालत पुगेर तारिख बुझेका छन्।

अदालतको अवहेलना मुद्दामा आफैँ उपस्थित भएर तारिख बुझ्न शाहलाई सर्वोच्चले आदेश दिएकोमा आज सिंहदरबारमा सांसदको शपथ लिए लगत्तै उनी तारेख बुझ्न सर्वोच्च पुगेका हुन्।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार उनीविरुद्धको अवहेलना मुद्दाको पेसी तारिख आउँदो जेठ १४ गतेलाई तोकिएको छ।

काठमाडौं महानगरपालिकाको मेयर हुँदा उनीविरुद्ध तीन वर्षअघि अदालतको अवहेलना मुद्दा दायर भएको थियो। अधिवक्ता वर्षाकुमारी झाले दायर गरेको अवहेलना मुद्दामा आफैँ उपस्थित हुन आदेश भएकाले शाह तारिख बुझ्न गएका हुन्।

उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो। उक्त आदेशविरुद्ध भारतसँग जोडेर अदालतविरुद्ध दिएको अभिव्यक्तिका कारण अवहेलना मुद्दा दायर भएको थियो। शाहले जुनसुकै सजाय भोग्न तयार रहेको तर फिल्म चल्न नदिने जिकिर गर्दै सामाजिक सञ्जालमा लेखेका थिए।

सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले वारेस राख्न नपाउने र आफै उपस्थित हुन आदेश दिएको थियो।

रास्वपा आफैँ सर्वोसम्मत रुपमा दलको नेतासमेत चयन भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *