बालेनलाई चिनियाँ प्रधानमन्त्रीले पठाए बधाई सन्देश
काठमाडाैं। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई चिनियाँ समकक्षी ली छ्याङले बधाई सन्देश पठाएका छन्। सन्देशमा उनले बेल्ट एन्ड रोडमा सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन्।
‘चीन र नेपालले ७१ वर्षदेखि पञ्चशीलका सिद्धान्तको आधारमा द्विपक्षीय सम्बन्ध विकास गर्दै आएको छ,’ लीले भनेका छन्।
नेपाल सरकारको शासन सञ्चालनमा चीनले समर्थन गर्ने प्रतिबद्धता जनाउँदै लीले स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको संरक्षणमा निरन्तर साथ रहने बताए।
प्रधानमन्त्री लीले प्रधानमन्त्री शाहसँग मिलेर बेल्ट एन्ड रोडको संयुक्त निर्माणलाई उच्चस्तरमा लैजाने तथा विभिन्न क्षेत्रका सहयोगलाई गहिरो पार्दै रणनीतिक साझेदारीलाई अघि बढाउने इच्छा पनि व्यक्त गरेका छन्।
यसअघि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले पनि बालेनलाई बधाई दिइसकेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment