मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

डिसी नेपाल
१६ चैत २०८२ ११:०७
1.4k
Shares

सुनसरी। सुनसरी इटहरी उपमहानगरपालिका-१३ काली मन्दिर नजिक मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा दुहबी नगरपालिका-९ का २२ वर्षीय विपीन चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए। प्र१-०२-०४८प ७९३८ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा पछाडि सवार विपीन गम्भीर घाइते भएका थिए। घाइतेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक दुहबी-९ का २२ वर्षीय विप्लव चौधरी सामान्य घाइते भएका छन्। उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। तीव्रगतिका कारण दुर्घटना भएको र घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *