जेनजी आन्दोलनका क्रममा फरार कैदी सर्लाहीबाट पक्राउ

डिसी नेपाल
१६ चैत २०८२ १७:११
44
Shares

सर्लाही। जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जवरजस्ती करणी मुद्दामा १२ वर्ष कैद सजाय तोकिएका र जिल्ला कारागार कार्यालय रौतहटमा कैद भुक्तान गरिरहेका रौतहटको दुर्गाभगवती गाउँपालिका–५ वडहर्वा टोल निवासी २९ वर्षीय दिपेश साह सोनार (शेरु साह) लाई सोमबार दिउँसो करिब १ बजे पक्राउ गरिएको हो।

प्रहरीका अनुसार उनी २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए। फरार रहेकै अवस्थामा उनलाई सर्लाहीको ईश्वरपुर नगरपालिका–६ बयलबास क्षेत्रबाट लुकीछिपी बसेको अवस्थामा फेला पारिएको हो। सोमबार दिउँसो उनलाई प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि जिल्ला कारागार कार्यालय रौतहट पठाउने प्रक्रिया अघि बढाइएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *