लोक दोहोरी प्रतिष्ठान गण्डकीको अध्यक्षमा सुरेन्द्र गुरुङ विजयी

डिसी नेपाल
५ असोज २०७६ १२:१६

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिको अध्यक्षमा सुरेन्द्र गुरुङ विजयी भएका छन्। उनले अध्यक्षकी प्रत्यासी सीता केसीलाई ३८ मतले हराउँदै गुरुङ विजयी भएका हुन् । सुरेन्द्रले १३३ मत प्राप्त गर्दा सीता केसीले ९५ मत प्राप्त गरेकी थिईन् । केसी कांग्रेस र गुरुङ नेकपा निकट मानिन्छन् ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा पूर्ण परियार विजयी भएका छन् भने प्रथम उपाध्यक्षमा केशव देवकोटा विजयी भएका छन्। तृतीय उपाध्यक्षमा आरसी पौडेल, महिला उपाध्यक्षमा माया गुरुङ निर्विरोध चयन भईन् भने सचिवमा काँग्रेस निकट राजन कार्की तथा महिला सचिवमा मञ्जु विक सर्वसम्मत भए ।

त्यस्तैगरी सहसचिवमा ज्योति लोहनी र रामजी पौडेल विजयी भएका छन् । दुवै जना काँग्रेस निकट हुन् । कोषाध्यक्षमा इन्द्रा गुरुङ तथा सहकोषाध्यक्षमा काँग्रेस निकट कृष्ण सुवेदी विजयी भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *