गृहमन्त्रीद्वारा तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायलाई निर्देशन

डिसी नेपाल
१७ चैत २०८२ १४:४९
164
Shares

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरीका आइजीपी राजु अर्याल सहितको टिमबीच छलफल भएको छ।

मंगलबार भएको छलफलमा विशेषगरी विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी सम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो।

सम्भावित विपद् जोखिमलाई न्यूनीकरण गर्न आवश्यक रणनीति, स्रोत व्यवस्थापन तथा समन्वयका विषयमा जोड दिइएको छ ।

साथै, सीमाक्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सीमा गस्ती कडा बनाउने निर्णय गरिएको छ। तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायलाई कडा निर्देशन दिइएको जानकारी गराइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *